विमानस्थलमा हुने भीडभाडमा रोक

विमानस्थलमा हुने भीडभाडमा रोक

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थल कार्यालयले भीडभाडमा रोक लगाएको छ । नयाँ भेरिएन्टको जोखिम बढेकाले विमानस्थल यस्तो उपाय लगाइएको हो ।

केही दिनयता विमानस्थलमा यात्रु र यात्रुका आफन्तको चाप बढेपछि कार्यालयले विमानस्थल परिसरमा अनावश्यक भीड नगर्न अपिल गरेको हो ।

विभिन्न मुलुकबाट आउने यात्रुका माध्यमबाट संक्रमणको जोखिम बढ्नसक्ने भन्दै नयाँ भेरिएन्टबाट आफू बच्न र अरुलाई समेत बचाउन आग्रह गरिएको छ ।

विमानस्थलमा आउँदा र जाँदा उच्च सतर्कतासहित स्वास्थ्य मापदण्डको पालना गर्नमा कार्यालयले सबैलाई जोड दिएको छ । पछिल्लो समय नयाँ भेरिएन्ट ओमिक्रोनबाट अन्य मुलुकहरु बढी प्रभावित भएपछि सजगता अपनाउन त्यसो गरिएको बताइएको छ ।

टिप्पणीहरू