काङ्ग्रेस महामन्त्रीमा गगन र बिश्वको सम्भावना

काङ्ग्रेस महामन्त्रीमा गगन र बिश्वको सम्भावना

नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको चुनावको ३१२० मत परिणाम आएको छ ।

अहिलेसम्म गगनकुमार थापा पहिलो र विश्वप्रकाश शर्मा दोस्रो नम्बरमा रहेका छन् ।

महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट डा.प्रकाशशरण महत र प्रदीप पौडेल,डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट डा. मीनेन्द्र रिजाल र गगन थापा प्रतिष्पर्धामा छन् । महामन्त्री पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भइरहेको छ । जसमध्ये २ जना विजयी हुनेछन् ।

हेर्नुहोस् पछिल्लो परिणाम :

गगन कुमार थापा – २०३७
विश्व प्रकाश शर्मा – १२५५
प्रकाश शरण महत – १०२४
प्रदिप पौडेल – ९३५
मिनेन्द्र रिजाल – ५४६
राजाराम कार्की – ७५

 

टिप्पणीहरू