१८९५ मतगणना हुँदा गगन अगाडि, विश्वप्रकाशले पच्छ्याउँदै

१८९५ मतगणना हुँदा गगन अगाडि, विश्वप्रकाशले पच्छ्याउँदै

नेपाली कांग्रेसको हालै सम्पन्न १४ औं महाधिवेशनबाट महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।

महामन्त्रीको १८९५ मतगणना हुँदा गगनकुमार थापाले १२९४, विश्वप्रकाश शर्माले ८२७,   प्रदीप पौडेलले ६६८ र डा. प्रकाशरण महतले ६२० मत ल्याएका छन् । त्यस्तै, मीनेन्द्र रिजाल ३२९ र राजाराम कार्कीले ५८ मत ल्याएका छन् ।

महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट डा. प्रकाशशरण महत, प्रदीप पौडेल र डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा प्रतिष्पर्धामा छन् ।

त्यस्तै, प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा तथा बिमलेन्द्र निधिको प्यानलबाट डा. राजाराम कार्की महामन्त्रीको दौडमा रहेका छन् । जसमध्ये २ जना निर्वाचित हुनेछन् ।

 

टिप्पणीहरू