महामन्त्रीमा गगनले ल्याए सर्वाधिक मत,शर्मा र पौडेल तलै

महामन्त्रीमा गगनले ल्याए सर्वाधिक मत,शर्मा र पौडेल तलै

नेपाली कांग्रेसको हालै सम्पन्न १४ औं महाधिवेशनको मतगणना जारी छ । सोमवारदेखि जारी मतगणनाअन्तर्गत अहिले महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।

महामन्त्रीको १३०० मतगणना हुँदा गगनकुमार थापाले ८३७, विश्वप्रकाश शर्माले ५२१, डा. प्रकाशरण महतले ४३१ र प्रदीप पौडेलले ३९० मत ल्याएका छन् ।

महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट डा. प्रकाशशरण महत, प्रदीप पौडेल र डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा प्रतिष्पर्धामा छन् । त्यस्तै, प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा तथा बिमलेन्द्र निधिको प्यानलबाट डा। राजाराम कार्की महामन्त्रीको दौडमा रहेका छन् । जसमध्ये २ जना निर्वाचित हुनेछन् ।

हालसम्म सभापति र उपसभापतिको मतपरिणाम घोषणा भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

टिप्पणीहरू