महामन्त्रीको मतगणना शुरु

महामन्त्रीको मतगणना शुरु

नेपाली काँग्रेसको महामन्त्री पदको मतगणना भर्खरै शुरु भएको छ । बिहान ९ बजे शुरु गर्ने भनिएको गणना पौने ११ बजे थालिएको निर्वाचन समितिले जनाएको हो ।

गणना भएको आधा घण्टासम्म पनि प्रारम्भिक नतिजा सार्वजनिक गरिएको छैन । प्रतिस्पर्धामा रक्षामन्त्री डा.मिनेन्द्र रिजाल, पूर्वमन्त्री डा.प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा.राजाराम कार्की छन् ।

टिप्पणीहरू