चीनमा भारतीय सिनेमा देखाउने तयारी

चीनमा भारतीय सिनेमा देखाउने तयारी

दिवंगत भारतीय अभिनेता सुशान्त सिंह राजपुत अभिनित चलचित्र चीनमा प्रदर्शन हुने भएको छ ।

राजपुतले सन् २०१९ मा अभिनय गरेको चलचित्र ‘छिछोरे’ आउँदो वर्ष २०२२ को जनवरी ७ का दिन चीनमा प्रदर्शन हुन लागेको हो ।

‘छिछोरे’ एक सयभन्दा बढी चिनियाँ शहरका ११ हजार स्क्रिनमा रिलिज हुने जनाइएको छ । चलचित्रले रिलिज भएको पहिलो दिन नै ७ करोड रुपैयाँभन्दा बढी कमाएको थियो ।

यस्तै २०१९ मा भारतमा रिलिज भएको दुई हप्तापछि आम्दानी एक सय करोड नाघेको थियो । ‘छिछोरे’ ले २०२१ को सर्वोत्कृष्ट फिचर फिल्मको राष्ट्रिय फिल्म अवार्ड समेत हात पारेको छ ।

टिप्पणीहरू