बंगलादेशको विजय दिवसमा भारतीय राष्ट्रपति

बंगलादेशको विजय दिवसमा भारतीय राष्ट्रपति

बंगलादेशले आज ५० औं विजय दिवस ‘भिक्ट्री डे’ मनाइरहेको छ । भारतीय राष्ट्रपति रामनाथ कोभिन प्रमुख अतिथिको रुपमा यतिखेर ढाकामा हुनुहुन्छ । उहाँले यसबीच बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग शिष्टाचार भेट गर्नुभएको छ ।

बंगलादेशले आयोजना गरेको विशेष परेडमा आज भारतीय सशस्त्र फौजले समेत सहभागिता जनाउँदैछ । भारतीय सशस्त्र फौजका १ सय २२ जना बंगाली भूमिमा आयोजित परेडमा सहभागी हुन लागेका छन् ।

बंगलादेश ५० वर्षअघि आजैका दिन पाकिस्तानी सेनाको अधिनबाट मुक्त भएको थियो । त्यतिबेला पाकिस्तानी भूमि हालको पाकिस्तान र बंगलादेशमा थियो । बंगाली भाषीहरुको आन्दोलनपछि पाकिस्तानी सेना त्यहाँबाट हटेको हो ।

टिप्पणीहरू