अमेरिकी सम्मेलन ‘बेतुक’ को रहेको रुसी र चिनियाँ दाबी

अमेरिकी सम्मेलन ‘बेतुक’ को रहेको रुसी र चिनियाँ दाबी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङले अमेरिकी राष्ट्रपति जो बाइडेनको संयोजनमा हालै सम्पन्न डेमोक्रेसी सम्मेलनलाई अनुत्पादक र बेतुकको संज्ञा दिएका छन् । पुटिन र सिबीच हिजो भएको भर्चुअल मिटिङमा उक्त विचार व्यक्त गरिएको हो ।

गत साता अमेरिकी राष्ट्रपति बाइडेनले विश्वका नेताहरुलाई समेटेर डेमोक्रेसी समिट गर्नुभएको थियो । विश्वमा अमेरिकी पक्षधर नेताहरुलाई समेट्ने र अर्को पक्षधरलाई एक्ल्याउने रणनीतिमा उक्त कार्यक्रम भएकोमा रुसी र चिनियाँ नेता सहमत देखिएका हुन् ।

अमेरिकी सम्मेलनले विश्वमा सग्लिँदै गएको राजनीतिलाई पुनः धमिल्याउन खोजेको दुबै राष्ट्रपतिको निचोड छ । सम्मेलनले विश्व समुदायलाई विभाजनको प्रयास गरेको हिजोको भर्चुअल कुराकानीमा उल्लेख गरिएको थियो ।

अमेरिकी सम्मेलनमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले समेत भाग लिनुभएको थियो । यसलाई शीतयुद्ध अन्त्यपछिको अर्को नयाँ स्वरुपको रुपमा ब्याख्या गरिएको छ ।

टिप्पणीहरू