महामन्त्रीमा भाइ र ज्वाईंको चर्चा

महामन्त्रीमा भाइ र ज्वाईंको चर्चा
नेपाली काँग्रेसमा महामन्त्री पदको निम्ति मतगणना शुुरु भएको छ । सभापतिपछि सबैभन्दा धेरै चर्चामा रहेको महामन्त्री पदमा कसले बाजी मार्छ भन्ने कौतुहलता देखिएको छ । यसमा काँग्रेसभित्र र बाहिर दुबैतिर सरोबरी जिज्ञासा र चासो बढेको हो ।
विभिन्न समूहको नाममा युवा पुस्ताको टकराव देखिएको यो पदमा छ जना भिडेका छन् । बहालरत रक्षामन्त्री डा.मीनेन्द्र रिजालदेखि पूर्वमन्त्री डा. रामशरण महतले महामन्त्रीको आकांक्षा राखेका हुन् ।
अर्का युवा नेता तथा यसअघिको कार्यसमितिमा प्रवक्ता रहेका विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी दिएका छन् । सँधै चर्चामा आउने विद्यार्थी नेताबाट स्थापित  गगन थापा र नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेल पनि महामन्त्रीकै निम्ति भिडेका छन् । थापा नेविसंघका पूर्व महामन्त्री हुन् ।
अर्का डा. राजाराम कार्कीले पनि महामन्त्री पद नै ताकेका छन् । सोमबार भएको मतदानको मतगणना भर्खरै शुरु भएको छ । बहालरत मन्त्रीदेखि पूर्वमन्त्रीसम्मले प्रतिस्पर्धा गरेको महामन्त्रीको नतिजाको पूर्व आकलन गर्न थालिएको छ ।
सभापति र उपसभापतिमा यसअघिको नतिजालाई हेरेर काँग्रेसीहरुले नै ‘भाइ र ज्वाईं’ को भविश्यवाणी गरेका हुन् । डा.प्रकाशशरण महत नेता तथा पूर्वमन्त्री डा. रामशरण महतका साख्यै भाइ हुन् । उनी काँग्रेसको गुटगत राजनीतिमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् ।
गगनकुमार थापा नुवाकोटकै अर्का काँग्रेसी नेता अर्जुननरसिंह केसीका छोरी ज्वाईं हुन् । थापा सभापति देउवा इतरपक्ष हुन् । उनी सभापतिमा पराजित डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उठेका छन् ।

टिप्पणीहरू