काँग्रेस महाधिवेशन : महामन्त्रीको मतगणनाको तयारी

काँग्रेस महाधिवेशन : महामन्त्रीको मतगणनाको तयारी

नेपाली काँग्रेसको महामन्त्री पदको मतगणना आज बिहान ९ बजेबाट शुरु गर्ने तयारी थालिएको छ । १४ औं महाधिवेशनअन्र्गत सोमबार भएको मतदानको आज गणना हुन लागेको हो ।

महामन्त्रीमा डा. मिनेन्द्र रिजाल, डा.प्रकाश शरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल, डा. राजाराम कार्कीले प्रतिस्पर्धा गरेका छन् । विधानअनुसार तीमध्ये दुई जना निर्वाचित हुनेछन् ।

हिजो उपसभापति पदको लागि भएको मतगणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । उनीहरुले क्रमशः २१ सय २१ र १९ सय ८ मत ल्याएका छन् ।

यसअघिका उपसभापति विजयकुमार गच्छदार भने २ मतको अन्तरले पराजित भएका छन् । गच्छदारले १९ सय ६ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार चन्द्र भण्डारीले १५ सय ८०, सुजाता कोइरालाले ६ सय ४४, महेश आचार्यले ५ सय ८९ र दिव्यश्वरी शाहले १ सय ३२ मत ल्याएका छन् ।

सभापतिको निम्ति भएको दोस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भइसक्नुभएको छ ।

टिप्पणीहरू