मुध्दाको भविष्य सबैतिर गोलाको हातमा

मुध्दाको भविष्य सबैतिर गोलाको हातमा

अब उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथाबाट मुद्दाको पेशी तोकिने भएको छ । आज बसेको सर्वोच्च अदालतको फुल कोर्ट बैठकले अर्को महिनाको माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा गोलाप्रथामार्फत पेशी तोक्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा बाहेकका न्यायाधीशहरुको पूर्ण बैठकले गोला प्रक्रिया शुरु गर्नका लागि नियमावली संशोधन र गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी निर्देशिका बनाई पूर्ण बैठकमा पेश गर्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिने निर्णय गरेको बताइएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा अदालतका विकृति हटाउन गोलाप्रथा प्रणालीमार्फत् पेशी तोक्न सुझाव दिइएको थियो । सर्वोच्च अदालतमा भने मंसिर १५ गतेदेखि गोलाप्रथा लागू भइसकेको छ।

टिप्पणीहरू