कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, संक्रमण उस्तै

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, संक्रमण उस्तै

कोरोना संक्रमणबाट आज ६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको हो।

त्यस्तै, आज दुई सय ८० संक्रमित थपिएका छन् । ११ हजार नौ सय ९४ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज तीन सय जना संक्रमणमुक्त भएका छन् भने मुलुकभर अझै पाँच हजार छ सय ३५ जना सक्रिय संक्रमित छन् । हाल नेपालमा कोरोना संक्रमण निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको छ ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ६५ पुगेको छ । अहिले काठमाडौंमा सात सय ८६ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ८६ र ललितपुरमा पाँच सय ९० जना संक्रमित छन् ।

टिप्पणीहरू