सिलवालका पक्षमा सर्वोच्चको अन्तरिम आदेश

सिलवालका पक्षमा सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

सिलवालले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश हरि फुयालको एकल इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चको आदेशले सिलवाललाई पुरानै अवस्थामा सदस्यसचिवका रूपमा कामकाज गर्न बाटो खुलाएको छ ।

सिलवाललाई एमाले नेतृत्वको सरकारले सदस्यसचिवमा नियुक्त गरेको थियो । वर्तमान सरकारले आफूलाई बर्खास्त गरेर टंकलाल घिसिङलाई नियुक्त गरेपछि त्यसविरुद्ध उनी सर्वोच्च गएका थिए ।

यसअघि १३ मंसिरमा घिसिङलाई मन्त्रिपरिषद्को निर्णयले सदस्य सचिवमा नियुक्त गरिएको थियो । १४ मंसिरमा घिसिङले पद तथा गोपनियताको सपथ लिएका थिए ।

टिप्पणीहरू