बेल्जियममा पनि माओवादीको अधिवेशन

बेल्जियममा पनि माओवादीको अधिवेशन

-इन्दिरा चामलिंङ

नेकपा (माओवादी केन्द्र) को प्रवास संगठन नेपाली जनप्रगतिशिल मंच बेल्जियमको ब्रुग्गेमा सम्पन्न १२ औँ अधिवेशनले प्रकाश पौडेलको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको छ ।

अधिवेशनले डिल्ली राम भण्डारी, भिम सुबेदी, पवन सुबेदी, मनिष गुरुङ, ठाहिला चामलिंङ र निर्मला बजगाईलाई उपाध्यक्षमा चयन गरेको छ । त्यस्तै, कल्पना मगर महासचिवमा छानिएकी छिन् भने सचिवमा सावित्री भारती, तेज अर्याल, लोक बहादुर नेपाली, सिता दाहाल निर्वाचित भएका छन् । कोषाध्यक्ष लक्ष्मी सुबेदी र सह-कोषाध्यक्ष मखन नेपाली चयन भएका छन् । जित बहादुर लामा सर्वसम्मत इञ्चार्ज बनेको त्याहाँस्थित माओवादीका एक कार्यकर्ताले जानकारी दिएका छन् ।

सदस्यहरूमा कर्ण बिक, श्याम ढकाल, एडी शेर्पा, रमेश कार्की, सबिन न्यौपाने, मिन्ड गुरुङ, गणेश घिमिरे र चित्र बहादुर सिंह निर्वाचित भएका छन् । त्यस्तै, रश्मी न्यौपाने, शुशिला खतिवडा, समिता सुबेदी, दिल बहादुर शेर्बुजा, लक्ष्मी पाण्डे, मनसुवा परियार, रबिन श्रेष्ठ, सुजन ढकाल, कृष्ण सुनार, श्याम बुढा, सरस्वती सुबेदी, साधना बोहोरा र खेम न्यौपाने पनि सदस्यमा छानिएका छन् l

जुममार्फत् भर्चुअल रुपमा सञ्चालन गरिएको अधिवेशनको उद्दघाटन माओवादी केन्द्र प्रवाश समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले गरेका थिए । सो क्रममा उनले पार्टीमा गुट उपगुटको क्रियाकलाप बन्द गरी एकतावद्ध हुन् कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । त्यस्तै, प्रवास कमिटीका अध्यक्ष ओम शर्मा, सचिव टिबी पाठक, युरोप अध्यक्ष सुरेन्द्र भुषाल, मगर राष्ट्रिय मुक्ति मोर्चा प्रवास इञ्चार्ज तथा प्रवास कमिटी सदस्य वीरमान मगरलगायतले मन्तव्य राखेका थिए ।

एनआरएन बेल्जियमका अध्यक्ष खडक बहादुर केसी, तमु राष्ट्रिय मुक्ति मोर्चा युरोपका ईन्चार्ज मनिष गुरुङ, जनसम्पर्क समिति बेल्जियमका महामन्त्री कमल सिटौला लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए l

सन् २००१ मा स्थापित मञ्च युरोपमै पुरानो नेपाली संगठन हो l

टिप्पणीहरू