कांग्रेसका अरु ट्यांकी साँझ खोलिने

कांग्रेसका अरु ट्यांकी साँझ खोलिने

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत सोमबार सम्पन्न मतदानको गणना आज साँझदेखि शुरु गर्ने तयारी भएको छ ।

सभापति पदको अन्तिम मत परिणाम सार्वजनिक भएपछि केही घण्टा छुट्टी लिएर साँझदेखि पदाधिकारीहरुको मतगणना गर्न लागिएको हो । भृकुटीमण्डपमा भएको मतदानको मतपेटिका (पानी ट्यांकी) सोही दिन राती पार्टी कार्यालय सानेपामा लगेर राखिएको थियो ।

मतगणनाका लागि केही बेरअघि सानेपामै निर्वाचन समितिको बैठक बसेको छ । बैठकले पहिले पदाधिकारीतर्फको गणना थाल्ने निर्णय गरेको बुझिएको छ ।

टिप्पणीहरू