च्यासलमा माइक बिग्रेपछि भृकुटीमण्डको चर्चा

च्यासलमा माइक बिग्रेपछि भृकुटीमण्डको चर्चा

नेकपा एमालेका अध्यक्ष केपी ओलीले काँग्रेस महाधिवेशनमा सम्बोधन गर्दागर्दै माइक बन्द भएको प्रसंग आज आफ्नै कार्यक्रममा निकाल्नुभएको छ ।

आज ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मनोनित केन्द्रीय सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा माइक नचलेपछि ओलीले काँग्रेस महाधिवेशनको प्रसंग जोड्नुभएको हो ।

ओलीले बोल्दै गर्दा माइकमा समस्या देखिएपछि केही बेर रोकिनु पर्यो । जब माइक चल्यो अनि ओलीले भन्नुभयो, ‘म बोल्यो की माइक चाहिं …!’

उहाँले पत्रकारहरुलाई माइकमा समस्या आए पनि तपाइहरुको क्यामेराले आवाज टिप्छ होला भन्दै हाँसो पनि गर्नुभयो ।

यसअघि भृकुटीमण्डपमा आयोजित कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा ओली बोल्दाबोल्दै त्यसैगरी माइक अवरुद्ध भएको थियो । त्यसपछि उहाँले केहीबेर औँलाले माइकमा हान्दै प्रतीक्षा गर्नुभएको थियो । माइक नचलेपछि ‘देउवाजीलाई मञ्च छाडिदिएँ’ भन्दै आसनमा फर्किएका ओलीलाई उद्घोषकले निम्त्यापछि पोडियममा फर्किनुभएको थियो ।

टिप्पणीहरू