एमालेका मनोनितले सपथ लिए

एमालेका मनोनितले सपथ लिए

नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनीत सदस्यहरूले आज शपथ लिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराउनुभएको हो ।

आइतबार र सोमबार दुई दिनसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनीत गरिएको हो ।

मनोनित हुनेमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँदेखि संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईसम्मका नेताहरू छन् ।

टिप्पणीहरू