संविधानमाथिको खतरा टरेको छैन : पौडेल

संविधानमाथिको खतरा टरेको छैन : पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमाथिको खतरा अहिले पनि विद्यमान रहेको बताउनुभएको छ । कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिँदै उहाँले संकटमा परेको लोकतन्त्र र संविधान बचाउन कांग्रेसको एकतामा पनि जोड दिनुभएको छ ।

सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानसभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त नभएको पौडेलको भनाइ छ। राष्ट्रि र पार्टी अहिले अत्यन्तै गम्भीर मोडमा रहेको भन्दै उहाँले दुवै संकटबाट देशलाई पार लगाउनु आजको आवश्यकता भएको उल्लेख गर्नुभएको छ ।

उहाँले सबैलाई समेटेर सशक्त र एकतावद्ध कांग्रेस निर्माणमा ध्यान दिन सभापति देउवालाई आग्रह पनि गर्नुभएको छ ।

टिप्पणीहरू