चाँगुनारायणमा वडागत रुपमा मतदाता नामावली संकलनको माग

चाँगुनारायणमा वडागत रुपमा मतदाता नामावली संकलनको माग

भक्तपुरको चाँगुनारायण नगरपालिकामा आगामी शनिबारदेखि मतदाता नामावली संकलन गरिने भएको छ । मतदाता नामावली संकलनका लागि गठित स्थानीय समन्वय तथा प्रचारप्रसार समितिको बैठकले पुस ३ गतेदेखि नामावली संकलन गर्ने जानकारी दिएको हो ।

नामावली संकलनको निम्ति टोलीलाई १५ दिनसम्म खटाइने छ । नामावली संकलन नगरपालिकाको कार्यपालिका भवनबाट गरिने भनिए पनि भौगोलिक विकटतालाई आधारमा मानेर वडागत रुपमा टोलीलाई खटाउनु पर्ने माग स्थानीय राजनीतिक दलका प्रतिनिधिले गरेका छन् ।

त्यसका लागि बनेको स्थानीय समन्वय तथा प्रचारप्रसारका समितिको बैठकले नगरपालिका भवन टाढा भएकाले सबैलाई आउजाउ असहज गराउन वडागत रुपमा नामावली संकलन गर्नुपर्ने माग उनीहरुले गरेका हुन् ।

मतदाता नामावली संकलनका लागि जिल्ला निर्वाचन कार्यालयका एक जना प्रतिनिधी र नगरपालिकाका कर्मचारीलाई खटाइने छ । हाल जिल्लाको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिमा नामावली संकलन भइरहेको छ । दुई पालिकाले वडागत रुपमा नगरपालिकाको भवनबाट नामावली संकलन गर्दै आएको छ ।

टिप्पणीहरू