अष्ट्रेलियामा पनि माओवादीको संगठन बिस्तार

अष्ट्रेलियामा पनि माओवादीको संगठन बिस्तार

आसन्न राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा पार्टी र जनवर्गीय संगठनहरुको अधिवेशनमा जुटेको नेकपा (माओवादी केन्द्र) ले प्रवासमा पनि संगठन बिस्तार गरेको छ ।

माओवादी निकट प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्चका अधिवेशनहरु भइरहेका बेला अष्ट्रेलियाको न्यु साउथवेल्स राज्यस्तरीय भेला सम्पन्न भएको छ । हालैको भेलाले कलाम खड्काको संयोजकत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको त्यहाँस्थित एक माओवादी कार्यकर्ताले जानकारी दिएका छन् ।

कार्यसमितिको उपसंयोजकमा सुमन न्यौपाने, सचिवमा अनिश ढकाल, सह–सचिवमा रञ्जन ढुंगाना (दक्षिण पश्चिम सिड्नी), कोषाध्यक्षमा भरत न्यौपाने, युवा संयोजकमा किशोर बिष्ट, उपयुवा संयोजकमा नवकिरण गौतम (पश्चिम सिड्नी) चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा सन्तोष कँडेल (न्यूक्यासल संयोजक), कमल अर्याल (सेन्ट जर्ज संयोजक), अशोक श्रेष्ठ, विवेक महरा, अर्जुन लम्साल, सुमन श्रेष्ठ, सुमन शर्मा, रोशन के.सी., गुञ्जमान के.सी, पवन देवकोटा , उदय राई, सुवास शर्मा, हरिश महरा, बुद्धिराम चौधरी चयन भएको उपयुवा संयोजक गौतमले जानकारी दिए ।

संयोजक खड्का माओवादी जनयुद्धका शहीद रीत बहादुर खड्का (क. प्रताप) का छोरा हुन् ।

टिप्पणीहरू