को को थपिए बागमती प्रदेशमा मन्त्री ?

को को थपिए बागमती प्रदेशमा मन्त्री ?

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एक राज्यमन्त्रीसहित जनालाई आज मन्त्रिपरिषद्मा सहभागी गराउनु भएको छ । संविधानको धारा १६८ को उपधारा ९ ले गरेको व्यवस्थाअनुसार मन्त्रिपरिषद् बिस्तार भएको हो ।

थपिएका मन्त्रीहरुमा श्रम, रोजगार तथा यातायात मन्त्रालयमा माओवादी केन्द्रका घनश्याम दाहाल, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालयमा एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपंक्षी मन्त्रालयमा समाजवादीकै बसुन्धरा हुमागाईं हुनुहुन्छ ।

त्यसैगरी वन तथा वातावरणमन्त्रीमा माओवादी केन्द्रका विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा माओवादी केन्द्रकै रत्नप्रसाद ढकाल रहनु भएको छ ।

आज बिस्तार गरिएको क्याबिनेटमा एकीकृत समाजवादीकी इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी राज्यमन्त्री बनाइएको छ । महाधिवेसनमा व्यस्त भएकाले काँग्रेसका तर्फबाट भने कसैलाई पनि मन्त्री बनाइएको छैन ।

थपिएका मन्त्रीहरुको आजै साँझ प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराइनेछ । त्यसको निम्ति आवश्यक तयारी भइरहेको छ ।

टिप्पणीहरू