ललितपुरमा फाइजरको दोस्रो डोज धमाधम

ललितपुरमा फाइजरको दोस्रो डोज धमाधम

ललितपुर महानगरपालिकाले कोभिड १९ विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउन सुरु गरेको छ । महानगरले कात्तिक २८ देखि मंसिर ११ गतेसम्म फाइजर बायोनटेकको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज लगाउन थालेको हो ।

पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुले पाटन अस्पतालमा गएर बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खोप लगाउन सक्नेछन् ।हिजोदेखि पुस ५ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा जाँदा पहिलो डोज खोप लगाएको कार्ड लिएर जानुपर्ने छ ।

टिप्पणीहरू