लागुऔषधका अपराधी ४ वर्षपछि पक्राउ

लागुऔषधका अपराधी ४ वर्षपछि पक्राउ

उदयपुरमा प्रहरीले लागुऔषधको मुद्दामा दोषी ठहर भई लुकिछिपी हिँडेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा जिल्ला मिर्चैया नगरपालिका ६ का ३२ वर्षीय रोशन भन्ने सरोज पञ्जियार हुन् । उनलाई प्रहरीले आज दिउँसो विशेष सूचनाको आधारमा मिर्चैयाको कटारी चोकबाट समातेको हो ।

उनीविरुद्ध उदयपुर अदालतले लागुऔषध मुद्दामा २०७४ जेठ ३० गते दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनलाई कैद भुक्तानको लागि जेल पठाइएको जानकारी प्रहरीले दिएको छ ।

टिप्पणीहरू