त्रिभुवन विश्वविद्यालयले डेढ दर्जन विद्यार्थीलाई सम्मान गर्ने

त्रिभुवन विश्वविद्यालयले डेढ दर्जन विद्यार्थीलाई सम्मान गर्ने

त्रिभुवन विश्वविद्यालयले उत्कृष्ट १९ जना विद्यार्थीलाई सम्मान गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले पुस ५ गते हुने ४७ औं दीक्षान्त समारोहमा उत्कृष्ट भइ पदक तथा पुरस्कार पाउने विद्यार्थीहरुको नामावली आज सार्वजनिक गरेको छ ।

विभिन्न शीर्षकका स्वर्ण पदक, चान्सलर पदकलगायत पदकबाट विभिन्न तह, विषयमा उत्कृष्ट नतिजा हासिल गर्न सफल १९ विद्यार्थीलाई सम्मानित गर्न लागिएको हो ।सार्वजनिक सूचनाअनुसार २७ शीर्षकका पदक तथा पुरस्कारमा कतिपय विद्यार्थी दोहोरिएको कारण १९ जना विद्यार्थीको नाम परेको हो ।

पदक प्राप्त तथा पुरस्कृत विद्यार्थीहरुलाई विश्वविद्यालयले दीक्षान्त समारोहमा दीक्षित एवम् पुरस्कृत गर्न लागेको हो ।

पदक तथा पुरस्कृत विद्यार्थीहरुको नाम छुट भएममा पर्सि पुस १ गतेभित्र प्रमाणसहित आवेदन दिन पनि आग्रह गरिएको छ ।

टिप्पणीहरू