परीक्षामा चिट चोरे ३ वर्ष निलम्बन

परीक्षामा चिट चोरे ३ वर्ष निलम्बन

अबदेखि परीक्षामा चिट चोरे तीन वर्षको निम्ति निलम्ब गर्ने व्यस्था गरिएको छ । पर्सि पुस १ गतेदेखि हुने कोरियन भाषा परीक्षामा उक्त नियम लागु गरिएको हो । सरकारले कोरिया विशेष भाषा परीक्षा पुस १ गतेदेखि १५ गतेसम्म सञ्चालन गर्न लागेको छ ।

ईपीएस कोरिया शाखाले परीक्षार्थीहरूको निम्ति रोल नम्बर कायम गरी परीक्षाको मिति र समय तोकेको छ । जसमा परीक्षार्थीहरू निर्धारित मिति र समयमा ओरियन्टेसन समयभन्दा एक घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने छ ।

‘निर्धारित मिति, समय र सेसनमा आवश्यक कागजातसहित उपस्थित नहुने परीक्षार्थीहरूलाई परीक्षामा समावेश गराइने छैन,’ शाखाको सूचनामा उल्लेख छ । परीक्षा पुल्चोक इञ्जिनियरिङ अध्ययन संस्थान, सूचना, सञ्चार तथा प्रविधि केन्द्रमा हुँदैछ ।

मोबाइल फोन, पीडीए, इलेक्ट्रोनिक डिक्स्नरी, स्मार्ट वाचलगायत अन्य विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र लैजान पूर्ण निषेध गरिएको छ । साथै, परीक्षामा चिट चोरेको वा अर्काको सारेमा परीक्षा रद्द गरी ३ वर्षका लागि निलम्बन गर्ने चेतावनी समेत दिइएको छ ।

टिप्पणीहरू