नगरपालिका र गाउँपालिकामा अख्तियारको छापा, ठूलो अनियमितताको आशंका

नगरपालिका र गाउँपालिकामा अख्तियारको छापा, ठूलो अनियमितताको आशंका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलो अनियमितताको आशंका गर्दै भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एकसाथ छापामारेको छ ।

अख्तियारको केन्द्रीय टोलीले आज दिउँसो छापा मारेर पाँच लाख रुपैयाँभन्दा बढी भुक्तानी भएका बिलसहितका कागजात र विकास निर्माण कार्यमा प्रयोग भएको खरिदजन्य कागजात नियन्त्रणमा लिएको हो ।

दुई वटै पालिकामा ठूलो अनियमितता भएको आशंकामा छापा मारेर कागजात नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

टिप्पणीहरू