माओवादी संसदीय दलको विभिन्न निर्णय

माओवादी संसदीय दलको विभिन्न निर्णय

नेकपा माओवादी केन्द्रले संसदीय बोर्ड गठन गरेको छ । आज बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्ड गठन गरेको हो ।

संघीय संसदको १० औँ अधिवेशन सुरु हुनु केही घण्टाअघि बसेको बैठकले राष्ट्रियसभा दलको प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ ।

सांसदहरूले उठाएका विषयमा दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुभएको थियो । उहाँले आजदेखि सुरु हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन समेत दिनुभएको ।

साथै बैठकले सर्वदलीय बैठकमार्फत् संसदीय गत्यावरोध हटाउन आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ । संसदको हिउँदे अधिवेशन दिउँसो २ बजे शुरु हुँदैछ ।

टिप्पणीहरू