संसद छिर्नुअघि माओवादी बैठक शुरु

संसद छिर्नुअघि माओवादी बैठक शुरु

संसदको हिउँदे अधिवेशन आज दिउँसो २ बजे शुरु हुँदैछ । अधिवेशनअघि नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक भर्खरै शुरु भएको छ ।

माओवादी संसदीय दलको कार्यालय,सिंहदरबारमा बैठक राखिएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायत नेता तथा सांसदहरु नारायणकाजी श्रेष्ठ,देव गुरुङ,शक्ति बस्नेत, जनार्दन शर्मा,पम्फा भुसालको उपस्थिति रहेको छ ।

अन्य सांसद पनि बैठकमा प्रवेश गर्ने क्रम जारी रहेको छ ।

टिप्पणीहरू