भारतीय संसदमा ९ जना मारिएको २० वर्ष पुग्यो

भारतीय संसदमा ९ जना मारिएको २० वर्ष पुग्यो

भारतीय संसदमा आजभन्दा दुई दशकअघि भएको आतंकवादी आक्रमणमा नौ जना मारिएका थिए । आतंकवादीको आक्रमणमा परेर मारिनेमा छ जना दिल्ली प्रहरी,दुई जना संसदका सुरक्षाकर्मी र एक जना बगैंचे थिए ।

उक्त भिडन्तमा संसद भवन बाहिर पाँच जना आतंककारी पनि मारिए । घटनामा पाकिस्तानको हात रहेको भारतीय आरोपपछि दुई मुलुकबीच तनाव बढेको थियो । पाकिस्तानले भने उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएको छ ।

आतंककारी आक्रमणमा लस्कर ए तोइवा र जैस ए मोहम्मद नामका दुई आतंकारी समूहको संलग्नता रहेको पुष्टि भएको थियो । उक्त घटना सन् २००१ को १३ डिसेम्बरका दिन भएकाले हिजो उक्त आतंककारी घटना भएको हिजो २० वर्ष पुगेको छ ।

सोही अवसरमा हिजो नयाँ दिल्लीस्थित संसद भवन परिसरमा नौ जना शहीदहरुप्रति सम्मान व्यक्त गर्न एक कार्यक्रमको आयोजना गरिएको थियो ।

यही अवसरमा भारत सरकारले एउटा मिसन (योजना) घोषणा गरेको छ । मिसन समुन्द्र २०२४ नाम दिइएको उक्त महत्वाकांक्षी योजनामा समुन्द्रको पाँच किलोमिटर भित्रसम्म तीन जना वैज्ञानिकलाई पठाइने छ । उनीहरुले त्यहाँ रहेका महत्वपूर्ण खनिजको उत्खनन् गर्नेछन् ।

विज्ञान तथा प्रविधिमन्त्री जितेन्द्र सिंहका अनुसार उक्त कार्यको लागि विशेष समुन्द्री सवारी साधनको डिजाइन गरिसकिएको छ । उक्त विशेष सवारी साधनको नाम मत्स्य ६००० नामाकरण गरिएको हो ।

टिप्पणीहरू