भारतमा भेटिए ओमिक्रोन संक्रमित ३८ जना

भारतमा भेटिए ओमिक्रोन संक्रमित ३८ जना

भारतमा आइतबार रातिसम्म कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमितको संख्या तीन दर्जन नाघेको छ । दक्षिणी राज्य केरलामा एक जना संक्रमित भेटिएपछि कूल संख्या ३८ पुगेको हो ।

केरलाकी स्वास्थ्य मन्त्री बिना जर्जका अनुसार बेलायतबाट फर्केका एक जना पुरुषमा नयाँ भेरिएण्ट पुष्टि भएको छ । राज्यको राजधानी कोची पुगेका एक जना नयाँ भेरिएण्ट संक्रमित हुन् ।

त्यसैगरी आन्ध्र प्रदेश र चण्डीगढमा पनि एक एक जना ओमिक्रोन भेरिएण्ट संक्रमित भेटिएका छन् ।

टिप्पणीहरू