प्रचण्डलाई सराप्दै,काङ्ग्रेसमा भोट माग्दै

प्रचण्डलाई सराप्दै,काङ्ग्रेसमा भोट माग्दै

नेपाली काँग्रेसको महाधिवेशनमा सर्वसाधारणलाई अर्कै किसिमको आनन्दसमेत मिल्ने गरेको छ । मन बहलाउन खोज्नेको निम्ति काँग्रेस नेता तथा कार्यकर्ताको गतिविधि एउटा माध्यम पनि बन्ने गरेको छ ।

वाक र व्यक्तिगत स्वतन्त्रताको नाममा गरिने त्यस्ता गतिविधिले गाईजात्रालाई समेत बिर्साइदिने गरेको छ । महाधिवेशनमा निर्वाध प्रयोग गरिएका भारतीय सवारी साधनको संख्याले पनि काँग्रेसी मानसिकतालाई उजागर गरिदिएको पाइन्छ ।

नेताहरुको समर्थनमा गरिएका कतिपय नाचले अर्को रमिता थपिदिएको छ । त्यो नाच टोली अघिल्लो साता राप्रपाको महाधिवेशनमा पनि त्यसैगरी एउटा पक्षको समर्थनमा उफ्रेको थियो । अहिले काँग्रेसको एउटा पक्षमा नारा लगाएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० का सांसद राजन केसीको समर्थनमा भोट माग्ने कार्यकर्ताले सबैभन्दा धेरै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बिरोध गरेका थिए ।

ललितपुरका उदय समशेर राणाको समर्थनमा छातामा राणाको पोष्टर टाँसेर ब्याण्ड बाजा बजाइएको थियो । भारतको आसामदेखि पश्चिम बंगाल,बिहारदेखि उत्तर प्रदेशसम्मका दर्जनौं गाडी राजधानी ल्याइएका छन् । काँग्रेस नेताहरुले प्रयोग गरेका नेपाली र भारतीय गाडीको पार्किङ खुलामञ्चमा गरिएको छ ।

टिप्पणीहरू