भाइले दाइलाई कोदालोले हाने, परिवारै मिलेर खोल्सामा फाले

भाइले दाइलाई कोदालोले हाने, परिवारै मिलेर खोल्सामा फाले

मकवानपुरको कैलाश गाउँपालिकामा दाजुभाइबीच भएको कुटाकुटमा एक जनाको ज्यान गएको छ । आइतबार राति कैलाश गाउँपालिका ६, तल्लो पकनी ठूलोबेसीमा ३३ वर्षीय नन्दरे मोक्तान, उनका भाइ ३० वर्षीय सीताराम मोक्तानबीच सामान्य विवादपछि कुटपिट हुँदा नन्दरे मोक्तानको मृत्य भएको हो ।

इलाका प्रहरी कार्यालय पालुङका अनुसार दाइ नन्दरे मोक्तानले मादक पदार्थ सेवन गरी भाइ सीतारामसँग झगडा गरेका थिए । झगडा गर्ने क्रममा भाइले कोदालो प्रहार गर्दा नन्दरेको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

कोदालो प्रहारपछि मृत्यु भएका नन्दरेको लाशलाई मृतकका भिनाजु, भाइलगायत आफन्त मिलेर नजिकैको खोल्सामा फालेका थिए । घटनाबारे स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । घटनामा संलग्न मृतकका भाइ सीताराम मोक्तान, भिनाजु, आमा र बुबालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू