मिस युनिभर्सको उपाधि भारतलाई

मिस युनिभर्सको उपाधि भारतलाई

भारतकी हरनाज कौर सन्धूले ७० औं मिस युनिभर्सको उपाधि जितेकी छिन् । झण्डै २१ वर्षपछि भारतले फेरि पनि यो उपाधि हात पार्न सफल भएको हो । आज बिहान इजराइलको इलियटमा आयोजित कार्यक्रमका बीच सन्धूलाई मिस युनिभर्स घोषित गरिएको थियो ।

भारतको पञ्जाबकी २१ वर्षीया हरनाजले पराग्वेकी नादिया फरेरा र दक्षिण अफ्रिकाकी ललेला मसवानेलाई हराउँदै मिस युनिभर्सको ताज जितेकी हुन् । सन् २०१७ मा हरनाजले ‘मिस चन्डीगढ’ मा आफ्नो नाम लेखाएकी थिइन् ।

त्यससंगै, उनले २०१८ मा ‘मिस म्याक्स इमर्जिङ इन्डिया २०१८’ पनि जितेकी थिइन् । उनले सन् २०१९ मा ‘मिस इन्डिया’ पनि सहभागिता जनाएकी थिइन् । उनी सो प्रतियोगिताको टप १२ सम्म पुगेको बताइएको छ ।

यसअघि सन् १९९४ मा भारतकी सुष्मिता सेनले पनि मिस युनिभर्सको ताज पहिरिएकी थिइन् । यसैगरी, सन् २००० मा लारा दत्ताले जितेकी थिइन् । नेपालबाट ‘मिस युनिभर्स २०२१’ मा ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत पनि सहभागी भएकी थिइन् । ​

टिप्पणीहरू