राष्ट्रपति भण्डारी जुम्लाबाट भर्खर फिर्ता

राष्ट्रपति भण्डारी जुम्लाबाट भर्खर फिर्ता

आज बिहान जुम्ला जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी भर्खर शीतल निवास छिर्नुभएको छ । जुम्लाको चन्दननाथस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यक्रममा सहभागी हुन उहाँ आज बिहान नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ जानुभएको हो ।

उहाँ शीतल निवास सामुन्ने रहेको सेनाको भैरवनाथ गणको हेलिप्याडबाट बिहान त्यसतर्फ उड्नुभएको थियो । आज साँझ सवा ५ बजे उहाँ त्यहि हेलिप्याडमा ओर्लनुभएको हो ।

गण रहेको लक्ष्मी निवासबाट शीतल निवाससम्म पुग्न उहाँलाई मुश्किलले २ मीनेट लागेको थियो । उहाँ साढे ५ बजेको हाराहारीमा राष्ट्रपति भवन शीतल निवास छिर्नुभएको सचिवालय स्रोतले जानकारी दिएको हो ।

टिप्पणीहरू