आदिवासी जनजाति पत्रकार महासंघ अध्यक्षमा प्रकाश छन्त्याल

आदिवासी जनजाति पत्रकार महासंघ अध्यक्षमा प्रकाश छन्त्याल

-राजेशचन्द्र राजभण्डारी

‘पूर्णसमावेशी सञ्चारको लागि हाम्रो अभियान श्रमजीवी पत्रकारको पक्षमा जिल्ला अधिवेशन’ भन्ने मूल नारासहित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङ शाखाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले प्रकाश छन्त्यालको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । महासंघ बागलुङ अध्यक्ष संगम घर्तिमगरको अध्यक्षता, उपाध्यक्ष प्रकाश छन्त्यालको स्वागत र सहसचिव डम्बर बूढामगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा धेरै जना अतिथिले सम्बोधन गरेका छन् ।

महासंघ गण्डकी प्रदेशका रूद्र शिरीष, पत्रकार महासंघका उपाध्यक्ष नवीन शिशिर विक, पत्रकार महासंघका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी, प्रेस चौतारी नेपालका अध्यक्ष उमाकान्त शर्मा ,प्रेस सेन्टर नेपालका उपाध्यक्ष सज्जनकुमार सिंह, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य विजय राना, क्षेत्री पत्रकार समाजका अध्यक्ष राम थापा, फोनिज बागलुङका सल्लाहकार यामबहादुर थापालगायतले धारणा राखेका हुन् ।

टिप्पणीहरू