एमाले स्थायी कमिटीमा ४५ जना मनोनीत

एमाले स्थायी कमिटीमा ४५ जना मनोनीत

एमालेको हिजोदेखि जारी केन्द्रीय समितिको दोस्रो बैठकको दोस्रो दिन बसेको बैठकले स्थायी कमिटी घोषणा गरेको छ । आजको बैठकले अध्यक्ष केपी शर्मा ओली,वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली,रामबहादुर थापा, विष्णु पौडेल,सुरेन्द्र पाण्डे र सुवासचन्द्र नेम्वाङसहितका पदाधिकारीसहितको स्थायी समिति बनाउनुभएको हो ।

त्यसैगरी महासचिव शंकर पोखरेल, उपमहासचिवहरु पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल तथा सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा अर्याल,योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट हुनुहुन्छ ।

अन्य मनोनीतहरुमा घनश्याम भुसाल,गुरु बराल,देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ, अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा र शेरधन राईलाई राखिएको छ ।

त्यसैगरी कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल,अग्नि खरेल,प्रभु साह, डा. राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुङ्वाहाम्फे र हिक्मत कार्की पनि स्थायी कमिटी सदस्य बन्नुभएको छ ।

टिप्पणीहरू