कोरोनाबाट आज १ जना बिते, २ सय बढीमा संक्रमण

कोरोनाबाट आज १ जना बिते, २ सय बढीमा संक्रमण

पछिल्लो केही सातादेखि कोरोना संक्रमणबाट निधन हुनेको संख्या एक अंकमा झरेको छ । दैनिक संक्रमितको संख्या दुई सयदेखि तीन सयको हाराहारीमा रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट एक जनाको निधन भएको छ । दुई सय ५४ संक्रमित थपिएका छन् । आठ हजार छ सय ८२ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

आज दुई सय ३४ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना संक्रमण निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको छ । मुलुकभर अझै पाँच हजार आठ सय ९० जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५४ पुगेको छ । अहिले काठमाडौंमा छ सय ९० जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ७४ र ललितपुरमा छ सय एक जना संक्रमित छन् ।

टिप्पणीहरू