बैतडीमा झण्डै डेढ लाख मतदाता

बैतडीमा झण्डै डेढ लाख मतदाता

बैतडीमा एक लाख ४६ हजारबढी मतदाता देखिएका छन् । फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत हालसम्म एक लाख ४६ हजार ८२ जनाको नाम दर्ता भएको हो ।

निर्वाचन आयोगले यही मंसिर १७ गतेदेखि देशभरिका स्थानीय तहका केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिरहेको हो ।

१६ वर्षमा नेपाली नागरिकता बनाउने र १६ वर्षदेखि नै मतदाता नामावलीमा नाम दर्ता गराउन सकिन्छ । तर मतदानका लागि १८ वर्ष पुगेको हुनुपर्ने कानुनी प्रावधान छ ।

अघिल्लो वर्ष पुस ५ गते संघीय संसद् विघटनपश्चात मतदाता नामावली संकलनको काम रोकिएको थियो । त्यसपछि गत वैशाखदेखि पुनः शुरु भएर जेठ ८ गतेसम्म सञ्चालन भएको नामावली संकलन कार्य साउन १ गतेदेखि पुनः सञ्चालन आएको हो ।

मतदाता नामावली संकलन विशेष कार्यक्रम पुस ८ गतेसम्म सञ्चालन हुने छ ।

टिप्पणीहरू