बागमतीपछि पशुपति सरसफाई

बागमतीपछि पशुपति सरसफाई

बागमती नदी सरसफाईझैँ हरेक साता पशुपतिनाथ मन्दिरको समेत सफाई गर्न थालिएको छ । विश्व सम्पदासूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसर हिजो सफा पारिएको हो । पशुपति क्षेत्रलाई स्वच्छ र सफा बनाउने उद्देश्यले सुरु भएको स्वच्छ पशुपति अभियानअन्तर्गत परिसर सफाइ गरिएको हो ।

हिजो कलाकर्मी, समाजसेवी एवम् अमेरिकाको मेरिल्याण्ड राज्यका लागि नेपालका अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, नायक शिव श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापालगायत अभियानकर्मीको सहभागिता थियो ।

यो अभियानले गत असोज पहिलो सातादेखि प्रत्येक शनिबार पशुपति क्षेत्रमा विशेष सफाइ गर्न थालेको हो । सफाइका क्रममा पशुपति क्षेत्रमा जम्मा भएका कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर व्यवस्थापनको निम्ति महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

टिप्पणीहरू