सहन सक्दिन भन्छन् मुख्यमन्त्री

सहन सक्दिन भन्छन् मुख्यमन्त्री

भारतमा विभिन्न खालका मुख्यमन्त्री देखिएका छन् । पछिल्ला दिन हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरको भनाइ र निर्देशन विवादास्पद बनेको छ ।

विशेषगरी शिखहरुको बाहुल्य रहेको हरियाणामा उनले मुस्लिम समुदायलाई दिएको निर्देशन आलोचित भएको हो । मुसलमानहरुलाई शुक्रवारको नमाज पाठ आफ्नै घरभित्र गर्नुपर्ने उर्दी जारी भएको छ ।

उनले शुक्रबार भनेका छन्, ‘जुनुसकै धर्मको निम्ति तोकिएको स्थान हुन्छ । त्यस्तो कार्य तोकिएको स्थानमा गर्नुपर्ने हुन्छ । अन्यथा,आफ्नै घरभित्र गर्नुपर्छ ।’

उनले शुक्रबार दिउँसो सडक किनारा वा खाली स्थानमा हुने गरेको नमाज वाचनतर्फ लक्षित गर्दै भनेका छन्,‘यसरी खुल्ला ठाउँ वा जहाँ पायो त्यहिँ पाठ गर्ने हो भने अब सहन सकिँदैन ।’

टिप्पणीहरू