माधव नेपाल फेरि पश्चिम हान्निनुभयो

माधव नेपाल फेरि पश्चिम हान्निनुभयो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुनः संगठन बिस्तार,कार्यकर्ता भेला तथा प्रशिक्षणको निम्ति राजधानी बाहिर पुग्नुभएको छ । गत साता पूर्वी नेपालका झापा,सुनसरीलगायत जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियो ।

हिजो काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गरेलगत्तै उहाँ बुटवल पुग्नुभएको छ ।

अध्यक्ष नेपालले आज बुटवलमा पार्टीको लुम्बिनी प्रदेश तथा रुपन्देही जिल्ला कार्यालयको उद्घाटन गर्नुभएको छ । त्यसैगरी रुपन्देही जिल्ला कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई पनि आजै सम्बोधन गर्नुभएको छ । भेलामा नेता,कार्यकर्ता तथा समर्थकको निकै ठूलो सहभागिता रहेको बताइन्छ ।

आज दिउँसो उहाँले बुटवलमा गत वर्षामा गएको पहिरोले पुर्याएको क्षतिको निरीक्षण गर्नुभएको छ । सो अवसरमा अध्यक्ष नेपालले पहिरो पीडितका परिवारसँग भेटघाट समेत गर्नुभएको थियो ।

टिप्पणीहरू