उता भने सजिलै लिंग परिवर्तन गर्न छुट

न्युजिल्याण्डले जन्मदर्ता प्रमाणपत्रमा लिंग परिवर्तन सजिलैसँग गर्न सकिने कानुन ल्याएको छ । यसअघि अदालतको आदेशपछि मात्र त्यस्तो परिवर्तन गर्न पाइने व्यवस्था थियो ।

नयाँ कानुनअनुसार अब जन्म,मृत्यु, विवाहलगायतका दर्ता प्रमाणपत्रमा नागरिकले सजिलैसँग लिंग परिवर्तन गर्न पाउने छन् । उनीहरुले बिनाकुनै मेडिकल प्रमाण वा प्रक्रिया उक्त व्यवस्था गर्न पाउने कानुनमा उल्लेख छ ।

सरकारी अधिकारीहरुले यस्तो गर्नुको पछाडि अष्ट्रेलियामा रहेको लैंगिक अल्पसंख्यक समुदायलाई राहत दिनु नै प्रमुख कारण रहेको बताएका छन् ।

टिप्पणीहरू