काँग्रेसको बन्द सत्र शुरु,धेरै होटेलतिर,थोरै नेता गए राती खुरुखुरु

काँग्रेसको बन्द सत्र शुरु,धेरै होटेलतिर,थोरै नेता गए राती खुरुखुरु

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको बन्दसत्र शुरु भएको छ । खाना खाइवरी भृकुटीमण्डपको प्रदर्शनी हलमा अहिले बेलुकी पौने ९ बजेबाट बन्दसत्र शुरु भएको हो ।

प्रारम्भमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालगायत अधिकांश पदाधिकारी र केन्द्रीय नेताहरुको उपस्थिति रहेको छ । दिउँसोको उद्घाटन समारोहमा रहेका अधिकांश प्रतिनिधि अहिले बन्दसत्रमा छैनन् ।

स्रोतका अनुसार मुश्किलले छ सय जना नेता तथा प्रतिनिधि उपस्थित छन् । काठमाडौंको चिसोका कारण प्रतिनिधिहरु उद्घाटनसत्र सकिएलगत्तै तोकिएको होटलतर्फ लागेका हुन् ।

काँग्रेस महाधिवेशनको उद्घाटनसत्र सकिँदा साँझको साढे ६ बजेको थियो ।

टिप्पणीहरू