सुन्दरी प्रतियोगितामा भाग लिन ४० ऊँटमाथि प्रतिबन्ध

सुन्दरी प्रतियोगितामा भाग लिन ४० ऊँटमाथि प्रतिबन्ध

साउदी अरेबियामा हुन लागेको सुन्दरी ऊँट प्रतियोगितामा ४० ऊँटले भाग लिन नपाउने भएका छन् । साउदी अरेबिया सरकारले ती ऊँटलाई प्रतियोगी बन्नबाट रोक लगाएको हो ।

ऊँटलाई सुन्दर बनाउन बोटोक्स इन्जेक्सन लगाइएको भन्दै किङ अब्दुल अजीज ऊँट महोत्सव प्रतियोगितामा सहभागी हुनबाट रोक लगाइएको हो । प्रतियोगिता जित्ने ऊँटले ६ करोड ६० लाख डलर पुरस्कार पाउँछ ।

पुरस्कारको लोभमा ऊँट पालकहरुले तिनलाई इन्जेक्सन लगाइएको बताइएको छ । साउदी अरेबियाको राजधानी रियादमा शुरु भएको ऊँट सम्मेलन एक महिनासम्म चल्नेछ ।

प्रतियोगितामा ऊँटलाई सुन्दर देखाउन बोटोक्सको सुई लगाउन वा अन्य कस्मेटिक सामाग्रीको प्रयोगमा रोक लगाइएको छ । निर्णायकले टाउकोको आकार, गर्धन, पहिरनजस्ता कुरालाई आधार मानेर विजेताको घोषणा गर्छन् ।

ऊँट पालकले आफ्नो ऊँटलाई सुन्दर देखाउन ओठ र नाक ठूलो बनाउने औषधिको प्रयोग गर्ने गरेको पाइएको छ ।

टिप्पणीहरू