माधवलाई हुटिङ गरेपछि ओली मुसुमुसु

माधवलाई हुटिङ गरेपछि ओली मुसुमुसु

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिन पुग्नुभएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई काँग्रेस कार्यकर्ताले प्रारम्भमा हुटिङ गरेका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले अध्यक्ष नेपाललाई सम्बोधनका लागि आमन्त्रण गरेपछि काँग्रेस कार्यकर्ताले उहाँको स्वागतमा हुटिङ गरेका हुन् । नेपाललाई काँग्रेस कार्यकर्ताले हुटिङ गर्दा मञ्चमा बस्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओली भने मुसुमुसु हाँस्नु भएको थियो ।

आफूबाट विद्रोह गरेर गठन भएको एकीकृत समाजवादीलाई एमालेले राजनीतिक दलका रुपमा अस्वीकार गर्दै आएको छ । नेपाललाई पार्टी अध्यक्षका रुपमा सम्बोधनका लागि बोलाउँदा ओलीले व्यंग्यात्मक हाँसो हाँस्नु भएको हो ।

अध्यक्ष नेपालले सम्बोधन गरिरहँदा बीच बीचमा पनि काँग्रेस कार्यकर्ताले हुटिङ गरेका थिए ।

टिप्पणीहरू