मुलुकमा प्रतिगमनको खतरा कायम रहेको जनमोर्चाको ठहर

मुलुकमा प्रतिगमनको खतरा कायम रहेको जनमोर्चाको ठहर

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले मुलुकमा प्रतिगमनको खतरा कायमै रहेको बताएकी छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिन पुगेकी उनले प्रतिगमनविरोधी शक्तिहरुको एकतामा पनि जोड दिइन् ।

सात सालदेखि नै लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेको काँग्रेस महाधिवेशनपछि प्रतिगमनविरुद्ध थप शसक्त भएर आउने पौडेलको विश्वास छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई पाँच दलीय गठबन्धनले प्रतिगमन भन्ने गरेको छ । गठबन्धनको एउटा दल जनमोर्चाकी उपाध्यक्ष पौडेलले ओलीकै सामुन्ने प्रतिगमनको खतरा कायमै रहेको बताएकी हुन् । उनले काँग्रेस महाधिवेशनले गठबन्धनलाई निरन्तरता दिन सक्ने सक्षम र सबल नेतृत्व चयन गर्ने विश्वास पनि व्यक्त गरेकी छन् ।

उपाध्यक्ष पौडेलले राष्ट्रियताको मुद्दामा सबै राजनीतिक दल एकै ठाउँमा उभिनुपर्नेमा पनि जोड दिइन् ।

टिप्पणीहरू