नबिल बैंकको ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक

नबिल बैंकको ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक

नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । ‘नबिल डिजिबैंक पोर्टल’ मार्फत् बैंकका ग्राहकहरूले एकद्धार प्रणाली मार्फत् अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदानगर्न यस पोर्टलमार्फत् बैंकले आफ्नो उत्पादन/सेवालाई स्वचालित बनाएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले विहीबार आयोजित एक कार्यक्रम बिच नबिल डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो ।

नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल÷एसएमई लोन आवेदन लगायत अनलाइन सेवा उपलब्ध छ । यसका साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरु थप गर्दै जाने योजना बनाएको बैंकका सिइओ शाहले भन्नु भयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आईकार्ड लगायतका थप दुई नया अनलाइन सेवाहरुसमेत सार्वजनिक गर्नुभएको छ ।

त्यसैगरी, नबिल भर्चुअल आईकार्ड नबिल स्मार्ट बैंक एपभित्र इमबोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसंग आफ्नो प्यान अपलोडगरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्नेछन् ।

साथै, ब्यालेन्स टप–अप पनि गर्न सकिन्छ । ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ती मिति, सीभीभी) सहित मोबाइल बैंक एप भित्र भर्चुअल कार्ड तुरन्तै जारी हुन्छ । भर्चुअल आईकार्ड (भारतिय रुपैया बाहेक) ई–कारोबारका लागि पनि प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

कार्यक्रममा बोल्दै बैंककँ प्रमुख कार्यकारी अधिकृत शाहले यो नबिल बैंकको डिजिटल यात्राको शुरुवातमात्रै भएको र अघि बढ्दै गर्दा हामीले नबिल डिजिबैंक पोर्टलमा बैंकका धेरैभन्दा धेरै सेवामात्र उपलब्ध गराउने मात्र नभई बैंकको सेवाका साथै अन्य संस्थाहरूसंग सहकार्य गर्दै बिल भुक्तानी, यात्रा, खाना, किनमेल लगायत सुविधासमेत प्रदान गर्ने जानकारी गराउनुभयो ।

टिप्पणीहरू