गृहमन्त्रीका कारण देउवा क्याम्पभित्रै विद्रोहको खतरा !

गृहमन्त्रीका कारण देउवा क्याम्पभित्रै विद्रोहको खतरा !

सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अबको केहीबेरमा शुरु हुँदैछ । महाधिवेशनबाट आगामी पाँच वर्षका नयाँ नेतृत्व चयन हुनेछ । जसका लागि भोलि उम्मेद्वारी मनोनयन गर्ने कार्यक्रम छ ।

नेतृत्वका लागि यसपटक पनि कांग्रेसका दुई परम्परागत गुटबीच प्रतिष्पर्धा हुने देखिएको छ । दुवै पक्षमा उम्मेदवार छनौटमा रस्साकस्सी चलिरहेको छ । संस्थापन पक्षबाट प्रधानमन्त्रीमा शेरबहादुर देउवा नै सभापतिको उम्मेदवार बन्ने निश्चित छ । तर, सभापतिको उम्मेदवार चयन गर्न सकस झेलिरहेको संस्थापन इतर पक्ष भने तितरबितरको अवस्थामा छ ।

इतर खेमाले उम्मेदवारी मनोनयनको २४ घण्टाभन्दा कम समय बाँकी रहँदा सभापतिको उम्मेदवार टुंगो लगाउनै सकेको छैन । इतरपक्षका तीन नेता सभापतिको आकांक्षी छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले नै टिकट नपाएपछि संस्थापन इतर समूह तितरबितर भएको हो ।

संस्थापन पक्षमा देउवा सभापति पदको निर्विकल्प उम्मेदवार छन्, तर आकांक्षी धेरै हुँदा उनलाई पदाधिकारीका उम्मेदवार छान्न महाभारत परेको छ । खासगरी दुई जना निर्वाचित हुने महामन्त्रीमा आधा दर्जन नेता आकांक्षी बनेका कारण देउवालाई पदाधिकारीका उम्मेदवार टुंग्याउन सकस परेको हो ।

देउवा पक्षबाट हालका सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, गृहमन्त्री बालकृष्ण खाँण,सन्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीलगायत महामन्त्रीका दावेदार छन् । पछिल्ला दिनमा एन.पी. सावद र रमेश लेखकले पनि महामन्त्रीमा दावेदारी प्रस्तुत गरेका छन् ।

‘भएभरका पद सबै उनैलाई चाहिने भएपछि अहिले पार्टीमा यिनी समस्याका पात्र भएका छन्’, एक नेता भन्छन् ।

सरकार र पार्टी दुबैतिर जिम्मेवारी खोज्ने केही नेताका कारण देउवालाई उम्मेदवार चयनमा सकस परेको बताइन्छ । एक नेताका अनुसार गृहमन्त्री बालकृष्ण खाँणको महामन्त्रीको दावेदारीले देउवालाई दबाब परेको छ ।

त्यसो त, गृहमन्त्री खाँण कांग्रेसमा एकपछि अर्को अवसर पाउने ‘भाग्यमानी’ नेताका रुपमा चिनिन्छन् । उनी कांग्रेस संसदीय दलका प्रमुख सचेतक पनि हुन् । सत्ता र शक्तिको दुरुपयोग गरेर उनले महामन्त्रीको दावी गरिरहेको संस्थापन समूहबाटै आरोप लागेको छ ।

‘भएभरका पद सबै उनैलाई चाहिने भएपछि अहिले पार्टीमा यिनी समस्याका पात्र भएका छन्’, एक नेता भन्छन् । खाँणले गृहमन्त्री पदको दुरुपयोग गरेर पार्टीमा हस्तक्षेप गर्न थालेपछि संस्थापन समूहमा बिद्रोह हुने अवस्था आएको ती नेताको भनाइ छ । खाँणकै कारण देउवासमेत अप्ठेरोमा परेको उनले दाबी गरे ।

कतिपयले त सभापति दोहोरिने तयारीमा रहेका देउवालाई गृहमन्त्री खाँण घाँडो भएको बताएका छन् । यदि देउवाले खाँणलाई नै महामन्त्रीमा अघि बढाउने निर्णय गरे संस्थापन समूहभित्र विद्रोह हुने र यसको असर स्वयं देउवालाई पर्ने बालुवाटार निकट स्रोतले बताएको छ ।

टिप्पणीहरू