साना सवारी चलाउने २ जना बिते

साना सवारी चलाउने २ जना बिते

मोरङको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनगर महानगरपालिका ११, रामपुर चोकका ३४ वर्षीय मुन्ना कुमार साहनी हुन् । हिजो राति ८ बजेतिर साइकल चढेर हिँडेका साहनीलाई को.२ त ७१३९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

उनको कोशी अस्पताल बिराटनगर पुर्याएलगत्तै मृत्यु भएको थियो । प्रहरीले ट्याक्टर र चालक स्थानीय १९ वर्षीय मुकेश कामतलाई नियन्त्रणमा लिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा ठक्कर दिँदा साईकलमा सवार स्थानीय सहनीको मृत्यु भएको हो ।

यसैगरी मोरङकै बूढिगंगा गाँउपालिका २, टंकीको सडकमा रहेको डिभाइडरमा ठक्कर खाँदा भएको स्कुटर दुर्घटनामा अर्का एक जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा मोरङको उर्लाबारी नगरपालिका ४, आइतबारेका २६ वर्षीय सुरज खनाल हुन् ।

उनी सवार प्र.१–०४००१ प ६४६० नम्बरको स्कुटर डिभाइडरमा ठोक्किन पुगेको थियो । त्यसक्रममा घाइते भएका खनाललाई बिराट मेडिकल कलेज टंकीमा उपचारको लागि लगिएको थियो । उनको पनि उपचारकै क्रममा राति साढे ८ बजे मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू