सुनसरीमा पनि एमसीसीविरुद्ध प्रदर्शन

सुनसरीमा पनि एमसीसीविरुद्ध प्रदर्शन

राजधानीमा नेपाली काँग्रेसको महाधिवेशन जारी रहेको बेलामा सुनसरीमा भने एमसीसीको बिरोधमा प्रदर्शन हुने भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) को बिरोधमा सुनसरीमा भोलि प्रदर्शन हुन लागेको हो ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल जिल्ला समिति सुनसरीको आयोजनामा विरोध प्रदर्शन हुन लागेको हो ।

‘राष्ट्रघाती एमसिसी खारेज गर’ भन्दै गरिने प्रदर्शन भोलि दिउँसो ३ बजेबाट सुरु हुने जनाइएको छ । प्रदर्शनमा साथ दिन उसले सबैमा आग्रहसमेत गरेको छ ।

टिप्पणीहरू